Swornakshar Logo

युवकलाई डोरीले बाँधेर पिट्ने वडाअध्यक्ष पक्राउ

काठमाडौं । युवकलाई डोरीले बाँधेर पिट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले १५ गते साउन १५ त्यही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जाजरकोट प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई सदमुकाम ल्याइएको बताइएको छ । युवक कुटेको भिडियोका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । जाजरकोटका प्रहरीका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।