Swornakshar Logo

विमला वली माओवादी केन्द्रमै

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली आफु माओवादी केन्द्रमा नै रहेको बताइएको छ । एक हप्तादेखि पार्टी सम्पर्कमा नआएकी वली बुधबार बिहान लुम्बिनी प्रदेश सभाको माओवादी संसदीय दलको कार्यालयमा आएको बताइएको छ ।

माओवादी प्रदेश सभाका एक सांसदका अनुसार वली आज बुधबार आफै पार्टीको सम्पर्कमा आएको बताएका छन् ।

वलीले आजै पत्रकार सम्मेलन गर्ने तयारी गरेको ती सदस्यले बताए । नेकपा एमालेले आफ्नो बारेमा पछिल्लो सममया भ्रम फैलाएकालो त्यसबारेमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रका एक प्रदेश सांसदले बताए ।
दुई दिन अघि एमालेमा रहेको भन्दै विमला वलीको हस्ताक्षर भएको विज्ञप्ती सार्वजनिक भएको थियो । उनी दाङ क्षेत्र नं. ३ (ख)बाट उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रदेश सभामा विजयी भएकी थिइन । सर्वोच्चले २३ फागुनमा नेकपा विघटन गरेपछि उनले माओवादी केन्द्र रोजेकि थिइन ।
८० सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । मंगलबारमात्र प्रतिपक्ष गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । गठबन्धनसंग ४२ जना सांसद रहेका छन् भने सरकार पक्षसंग ३८ जना सांसद रहेका छन् ।