Swornakshar Logo

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्दैछ । शीर्ष नेताहरुको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठक बुढानीलकण्ठमा बस्ने छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने छन् ।

कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान गर्न लेखकको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त छानविन समितिले सहमति गर्न नसकेपछि विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुलाई दिइएको थियो । क्रियाशील सदस्यता छानविन समितिले १२ साउनमा पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाएको थियो ।