Swornakshar Logo

माधव पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ । एमालेमा चलिरहेको विवाद र सरकारमा सामेल हुने नहुने विषयमा भोली बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

साउन २० गते ११ बजेलाई बैठक बोलाएको केन्द्रीय सदस्य दिलकुमारी पन्तले बताइन । अहिलेको जारी राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कमिटीमा छलफल हुने उनले बताइन ।

सोमबार नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर राजनीतिक घटनाबारे छलफल भएको थियो । उक्त बैठकमा नेपालले आफु पार्टी एकताको पक्षमा रहेको र यसकोलागि सम्मानजनक एकतामा आफ्नो जोड रहेको बताएका थिए ।

बैठकमा नेपालले अध्यक्ष ओलीले केही दिन अघि दिएको अभिव्यक्ति पार्टी एकता गर्ने भन्दा पनि विभाजन तर्फ धकेल्ने बताएका थिए ।