Swornakshar Logo

छानबिन टोली दार्चुला पुगिसक्यो, प्रतिवेदन छिटै आउछः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबिन गर्न मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको जानकारी दिएका छन् । उक्त टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउने र त्यसपछिमात्र सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने खाँणले बताए ।

मंगलबार प्रतिनिधि सभा बैठकमा खाँणले दार्चुला घटनाबारेमा जानकारी गराएका हुन् ।

उनले भने ‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु । यसमा सरकारले छानविन समिति बनाएको छ । समितिले घटनास्थलमै पुगेरै छानविन गर्नेछ । तुइन तर्न सफल भएका चारजनासँग पनि समितिले सोधपुछ गरेको छ । उहाँहरूको जानकारीलाई पनि छानविन समितिले मूल आधार बनाउने छ ।’

सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाट सहित ३ जनाको छानबिन कमिटी बनाएको र गृहमन्त्री खाँणले सदनलाई जानकारी गराए ।