Swornakshar Logo

ओली सरकारले गरेका जनविरोधी निर्णय यो सरकारले खारेज गर्नुपर्छः रामकुमारी

काठमाडौं । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली सरकारले गरेका जनविरोधी निर्णयलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘यो सरकारले संविधानलाई बचाउने र सही बाटोमा हिँडाउने मात्रै होइन। ओली नेतृत्वको सरकारले गरेका जनविरोधी कामहरूलाई खारेज गर्नु पर्छ ।’

जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी बन्दा बढी जग्गा विक्री गर्ने ओली सरकारको निर्णय राखेज गर्नु पर्ने माग गरीन। यस्तै उनले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् ।