Swornakshar Logo

पौडेल पक्षको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको बैठक बोलाएका छन् ।
बैठक प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बस्ने बताइएको छ । बैठक २ बजेपछि बस्ने छ ।

१४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यताका बारेमा विवाद छ । उक्त विवादबारे पौडेल पक्षले छलफल गर्न थालेको बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पौडेल पक्षले चार मन्त्री पाउनु पर्ने माग गरेको बताइएको छ ।
बैठकमा पौडेल पक्षका नेताहरू महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित हुनेछन् ।

बैठक क्रियाशील सदस्यको विवाद र महाधिवेशनबारे र सरकारको विषयमा छलफल हुने एक नेताले बताए । उनले भने‘ पहिलो कुरा पार्टीका क्रियाशील सदस्यताको विवादबारे छलफल हुने हो । महाधिवेशनबारे अन्यौलता छ , त्यसबारे र सरकारका विषयमा छलफल हुन्छ ।’