Swornakshar Logo

आफ्नै अडानमा टिकेनन भिम रावल, राजीनामा फिर्ता लिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका छन्।

जब कि उनले राजीनामा दिदै गर्दा एमालेका अर्का नेता सुरेन्द्र पाण्डेले रोक्न खोज्दा रावले मानेका थिएनन् । पाण्डेले रोक्न खोज्दा उनले आफुलाई नछुन भन्दै तर्केका थिए । तर रावल आफ्नौ राजीनामाको अडानमा एक हप्तापनि टिक्न सकेन् ।
उले भनेका छन् ‘आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार राजीनामा फिर्ता लिएको हँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले पत्रकार बोलाएर प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए ।

रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन ।

रावलले राजीनामा बारेको जानकारी सभामुखलाई समेत जानकारी गराइसकेका थिए ।

तर राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।