Swornakshar Logo

एमाले स्थायी कमिटी बैठकमा ओली पक्ष पुग्दा पनि नेपाल पक्ष पुगेनन्

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्दै छ । शुक्रबारबाट सुरु हुने भनिएको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन् ।

स्थायी कमिटी बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल हुने । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुने तामाङले बताए । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल हुन्छ होला ।’

आन्तरिक छलफल नभएर बैठक बस्न नहुने नेपाल पक्षको भनाइ थियो । नेपाल पक्षले बैठक सार्न आग्रह गरेको थियो । तर ओली पक्ष भने बैठक स्थलमा पुगि सकेका छन् ।