Swornakshar Logo

देउवा मन्त्रीमण्डलका चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका चार अन्य मन्त्रीले पनि शपथ खाएका छन् । पहिलो दिन देउवा सरकारमा सानो आकारको मन्त्रिमण्डल गठन भएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।