Swornakshar Logo

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

सर्वोच्च अदालतले आज गरेको फैसलापछि ओली राष्ट्रपति भण्डारी भेट्न शितलनिवास गएका हुन । ओलीको बहिगर्मन निश्चित भएपछि छलफलका लागि शीतलनिवास गएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले बतायो ।

प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको छ । तर सर्वोच्च अदालतको फैसलाले नै स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्ने बताइन्छ ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।