Swornakshar Logo

नेपाल निवासमा केन्द्रीय कमिटीको छलफल , आफ्नै पक्षको कार्यदलप्रति आक्रोश

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीयल गठबन्धनलाई धोका नदिने बताएका छन् । नेपाल निवास कोटेश्वरमा भएको पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरूसंगको छलफलमा उक्त कुरा बताएका हुन ।

आइतबार भएको छलफलमा नेता नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने र आफूले कुनै पदको नमागेको दाबी गरेका छन् । नेता नेपालको भनाइ भन्दै केन्द्रीय सदस्य दिलकुमारी पन्तले भनिन् ‘अदालतको फैसलालाई प्रभावित गर्ने गरी कुनै सम्झौता हुदैन । हामीले संविधान बचाउन र पार्टी बचाउन आन्दोलन गरेका हौ । अहिलेपनि पार्टीको पक्षमा ,आन्दोलनको पक्षमा उभिने हो कसैको पदकोलागि हामी सम्झौता गदैनौ ढक्क हुनुहोस् ।’

नेताहरूसंगको छलफलमा नेता नेपालले केहि दिनमा नै राजनीतिक रूपमा परिवर्तन आउने भएकाले अहिले नै आत्ति हाल्न नहुने बताएका छन् । को कति सहि छ भन्नेल कुरा अदालतको फैसलालेपनि देखाउने र त्यसपछि नयाँ आधारमा एकता गर्नु पर्ने विचार राखेको सहभागी एक पोलिटव्युरो सदस्यले बताए ।

अध्यक्ष केपी ओलीले स्वेच्छाचारी तरिकाले पार्टी र सरकार संचालन गरेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक भएको र त्यसका लागि पुरा टिमको विचार र भावना भन्दा बाहिर गएर सम्झौता नगर्ने नेपालले बताएको पन्तले बताइन ।

ओलीका स्वेच्छाचारीका विरुद्ध लडेका नेताकार्यकर्ताको भावना विपरित कुनै सम्झौतामा नलाग्ने र सम्पूर्ण टिमले भनेअनुसार आफू पाँच दलको गठबन्धनलाई धोका नदिने कुरा दोहराएको ती पोलिट व्युरो सदस्यले बताए । नेपालको भनाइ भन्दै एक विघटित प्रतिनिधि सभाका सांसदले भने ‘हामी टिमको स्पिरिट अनुसार अगाडि बढ्ने हो । आन्दोलन गर्नेहरूलाई र केन्द्रीय कमिटीको निर्णय भन्दा बाहिर नजाने बचन दिए । सबैको राजनीति बच्नु पर्छ । एमाले पनि बच्नु पर्छ । हाम्रो टिमको अपमान हुने गरी सम्झौता गरिदैन ।’

कार्यदल प्रति आक्रोस

छलफलमा प्रकाश ज्वाला, विजय पौडेल लगायत नेताहरूले आफ्ना धारण राखेका थिए । आफ्ना धारणा राख्ने नेताहरूले कार्यदल प्रति आक्रोस पोखेको बताइन्छ । कार्यदलका नेताहरूले आफै बुझ्नु पर्ने हो तर अहिले आएर पुरा टिमलाई धोका दिने काम हुन थालेको भन्दै आक्रोश पोखेको एक सांसदले बताए ।

हाम्रो पक्षबाट कार्यदमा सहभागी हुने तर अहिले आएर हामीलाई वाइपास गरेर सम्झौता गर्नु कुनैपनि हालतमा मान्य नहुने भन्दै नेपालले पहल लिन आग्रह गरेका एक सहभागी नेताले बताए ।
अहिले सम्म ओलील पक्षसंग कुनैपनि सम्झौता स्वीकार गर्न सांसद र केन्द्रीय सदस्यहरु तयार नरहेको सांसद तथा केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

बैठकका सहभागीहरूले भीम रावल र सुरेन्द्र पाण्डेको पछिल्लो भूमिका प्रति अशन्तुष्ट प्रकट गरेका छन् । ती दुई जनाले कार्यदलको नाममा सर्वे सर्वा हुने काम गरेकाले असन्तुष्टि राखेको ती सांसदले बताए । उनले भने ‘माधवकुमार नेपाल पक्षको तर्फबाट प्रतिनिधित्व गर्नु भएको हो । तर यहि पक्षको विचार र भावनाको प्रतिनिधित्व हुदैन भने किन कार्यदलमा बस्नु ? के काम भयो आफ्नै पक्षको घात गरेपछि ?’
कार्यदललाई फिर्ता बोलाउने विषयमा केहि छलफल भयो कि भनेर सोध्दा त्यो कार्यदललाई कसले नै मान्यता दिएको छ । फिर्ता बोलाउनलाई एक केन्द्रीय सदस्यले बताए ।