Swornakshar Logo

हेटौंडाको ड्राइभर डाँडाँलाई पर्यटन गन्तव्यका रुपमा बिकास गरिदै

हेटौंडा । बागमति प्रदेशका मुख्यमन्त्री डारमणी पौडेलले हेटौंडा उपमहानगरपालिका १४ को ड्राइभर डाँडाँलाई प्रर्यटकिए क्षेत्र बनाउने बताएका छन् । बिहिवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले होम स्टेको सांस्कृतिक भवन उद्धाघाटन गदै उक्त कुरा बताएका हुन ।

होमस्टे सांस्कृतिक भवनको उद्धघाटन गर्दै मुख्यमन्त्री पाडेलले चाँडै १४ नंम्वर वडालाई पर्यटन क्षेत्र भनेर घोषणा गर्ने बताए ।

लमजुङ्को घलेगाँउ र र बन्दिपुरको होम स्टेको अध्ययन अवलोकन पश्चात सम्भावना अगाडि बढाएको ड्राइभर डाँडाँमा प्रदेश सरकारको ३० लाख र वडा कार्यालयको ६ लाख बजेटमा बन्न लागिएको होम स्टेका १० वटा भवन निर्माण जारी छ ।

आर्थिक वर्ष २०७७–०७८ मा सुरु गरिएको होम स्टे घर यहि वर्षमै निर्माण सम्पन्न हुने १४ नंम्वर वडाका अध्यक्ष दिपक खड्काले जानकारी दिए ।

होम स्टेको सांस्कृतिक भवनमा तामाङ् जातीका सांस्कृति झल्काउने खालका नाँचगान , भेसभुषा देखाउने खड्काले जानकारी दिए । वडाको शिरानमा जंगलको बिचमा होम स्टे निर्माण भएको हुँदा धेरै भन्दा धेरै पर्यटकहरु आउने खडकाले बताए ।

खड्काले होम स्टेसँगै भ्यु टावर पनि निर्माण भइरहेको बताए । ड्राईभर डाँडाँलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्ने प्रविबद्धता पुरा गरेको बताए । ड्राइभर डाँडाँको सार्वजनिक जग्गामा निर्माण भईरहेको होस स्टे र भ्युटावर वरिपरी बगैचा संगै गेट , बोर्डहरु निर्माण गरी बिस्तारै त्यसलाई विस्तार गर्दै ठूलो स्मारक बनाउने उदेश्य रहेको खड्काले जानकारी दिए ।