Swornakshar Logo

विप्लव नेतृत्वको नेकपाका नेता वली अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या देखिए लगत्तै ओलीलाई बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रको ईमरजेन्सी वाडमा भर्ना गरिएको परिवारले बताएको छ।

सुगर तथा मुटुरोगबाट ग्रसित ओली २०७५ साल चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।

पक्राउ पर्नुअघि ओली नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्जको जिम्मेवारीमा रहेका थिए । सरकार र नेकपाबीच सहमति भई सो पार्टीको शीर्ष नेतृत्व खुल्ला भइसक्दा समेत ओलीलाई रिहा गरिएको छैन । पछिल्लो समयमा सरकारले तीन बुँदे सम्झौता कार्यन्वयन नगरेको नेकपाले बताएको छ ।