ओली–नेपाल टेलिफोन संवाद, नेपालले भने पहिला हस्ताक्षर होइन संसद विघटन फिर्ता लिनु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच टेलिफोन सवाद भएको छ। टेलिफोन संवादमा ओलीले संसद विघटन विरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा विचारधिन मुद्दाबाट हस्ताक्षर फिता लिन भनेका र नेपालले पहिला संसद विघटन फिर्ता गर्नु पर्ने जवाफ दिएको बताइएको छ ।
दुबै नेताहरूले आआफ्ना अडान दोहराएको बताइएको छ ।
शनिबार पार्टी एकता गर्ने भन्दै दोस्रो तहका नेताहरू ललितपुरस्थित समिट होटलमा वार्तामा बसेका थिए । वार्तामा बसेका नेता घनश्याम भुसाल बैठकस्थलबाट निस्केर कोटेश्वर पुगेर नेता नेपाल र ओलीबीच टेलीफोन संवाद गराएको वार्तामा सहभागी एक नेताले जानकारी दिए।
यसअघि बिहीबार पनि दुई नेताहरूबीच टेलीफोन संवाद भएको थियो । नेपाल पक्षले बैठक स्थगित गरेर संवाद गर्न आग्रह गरे पनि ओली पक्षले भने बैठक स्थगित गरेको छैन्।
आज पनि समिटमा दोस्रो तहका नेताहरू छलफल गरिरहेका छन्। यता बालुवाटार एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ ।
प्रतिक्रिया दिनुहोस्: