Swornakshar Logo

राष्ट्रपतिमाथि निकृष्टरूपमा औला उठाइयो: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि निकृष्टरूपमा औला उठाएको भन्दै आक्रोस पोखेका छन् ।

शुक्रबार बालुवाटारमा आफू पक्षयी एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले ‘निकृष्ट तबरमा उर्लिएर राष्ट्रपतिमाथि हरेका ठाउँमा औँला उठाइएको’ बताए ।

देशमा आफ्नो पार्टीको सरकार ढाल्ने, दलीय अनुशासन उल्लंघन गर्ने र अराजकता सिर्जना गर्ने कार्य मौलाएको पनि उनले बताए ।