Swornakshar Logo

२ जेठ भनेर २८ फागुनमा फर्के ओली, खनाल–नेपाल पक्षलाई अमान्य

काठमाडौं । मंगलबार बालुवाटारमा बसेको केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले एमालेलाई २ जेठमा फर्काउने निर्णय गरेको थियो । तर त्या निर्णय एक दिनमा नै ओली पक्षले उल्टाएको छ । मंगलबार २ जेठ २०७५ सालमा फर्काउने निर्णय गरेको थियो । तर बुधबार बसेको महाधिवेशन आयोजक कमिटीले भने २८ फागुनमा भएका निर्णयहरु यथावत राखेर जाने भएको छ ।

आज बुधबार बसेको आयोजक कमिटीको बैठकले २८ फागुनमा मनोनित गरेका माओवादी केन्द्रका २३ जना मध्य २० जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ । यसबाट प्रष्ट हुन्छ कि ओली २ जेठ होइन २८ फागुनमा फर्केका छन् ।

यता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले २ जेठ २०७५ सालमा फर्कनुपर्ने अडान राख्दै आएको छ ।
ओली पक्षको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका ४ जना नेतालाई स्थायी कमिटीमा मनोनित गरेको छ ।

एमालेको यो संरचना ओली पक्षले २८ फागुन ०७७ सालमा बसेको बैठकले बनाएको हो । जब कि खनाल–नेपाल पक्षले २८ फागुन २०७७ साल यताका सबै निर्णयहरु खारेज हुनुपर्ने माग गर्दै आएको छ ।
माओवादी केन्द्रसंग एकता हुनु भन्दा पहिला एमालेकोे केन्द्रीय कमिटी २०१ जनाको थियो । एकता गर्ने भनेपछि ३ गतेको एकतामा एमालेबाट २४१ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको थियो । त्यहि २४१ जनाको नाम एमालेका तर्फबाट पास भयो ।

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बादलसहित पूर्व माओवादीका २० नेतालाई केन्द्रीय कमिटीमा राखेपछि एमालेको केन्द्रीय कमिटी २६१ सदस्यीय भएको छ ।
ओली पक्षको बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । त्यसैगरी पूर्व एमालेमा स्थायी कमिटी सदस्य नरहेका तर पार्टी एकता हुँदा स्थायी कमिटीमा बढुवा भएका विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

आज बसेको ओली पक्षको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपाका स्थायी कमिटी सदस्यलाई स्थायी कमिटीमै रहने र नेकपाको केन्द्रीय कमिटीमा रहेका केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ ।

खनाल–नेपाल पक्ष भने यो कमिटी नै अवैधानिक भएकाले यसले गरेका सबै निर्णय अवैधानिक हुने बताउछन् । आफै अवैधानिक आयोजक कमिटीले एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु थप गर्ने नभएको बताउछन् ।

खनाल–माधव नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्रकुमार राइले महाधिवेशन आयोजक कमिटी नै अवैधानिक बताएको बताउछन् । उनले भने ‘एमालेको विधानमा नै २०३ जनाको केन्द्रीय कमिटी सदस्यको व्यवस्था गरेको छ । त्यहि नै आधिकारीक कमिटी हो । अरु कसलाई कसले थप्यो एमालेले चिन्दैन ।’

राईले भने ‘वादललाई राखुन कि पानीलाई राखुन त्यो एमालेको कमिटी होइन । ओलीको गुट हो त्यो गुटमा ओलीले जे गरेपनि भइ हाल्यो नि । हामी २ जेठको एमाले चाहन्छौ ।’
प्रधानमन्त्री केपी शर्मा ओली अझै पनि पार्टी एकताप्रति इमान्दार नभएको राइले बताए ।