Swornakshar Logo

अदालतको आदेश विपरित ओलीले बोलाए आयोजक कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेले ओली पक्षले सर्वोच्च अदालतको आदेश विपरित आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

२७ गते जेठमा सर्वोच्च अदालतले आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।

आइतबार बिहान बालुवाटारमा बसेको ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् । जसलाई अदालतले नै अबैध ठहराएको थियो ।

आयोजक कमिटीको बैठक काठमाडौमा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।