Swornakshar Logo

माधव नेपालको दावीःओलीले प्रधानमन्त्रीको अफर गरिसके तर विपक्षी गठबन्धनलाई धोका दिन्न

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको बताए ।

शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँग उक्त कुरा बताएका हुन ।

नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे । आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले बताए । उनले भने ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो।’

उनले भने ‘ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको । आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी छौ ।’

नेपालले भने संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।

केपी ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य गदै नेपालले आफूले अ‍ोलीका कुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने बताए ।

उनले भने–माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन। यो गठबन्धनमा कुनै धोका हुदैन ।