Swornakshar Logo

सरकारलाई असफल पार्न मुद्दामा नै अल्झाउने जालझेल भयो–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दामा नै अल्झाउने जालझेल भइरहेको बताएका छन् । झापाको गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यसबीचमा राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको छ, ओलीले भने । कहिले के नाममा भाँजो हाल्ने त कहिले के नाममा भाँजो हाँल्ने कार्य भइरहेको छ, उनले भने, देशलाई प्रतिगमन तर्फ लैजान खोज्ने, देशलाई अग्रगतिको बाटोमा जान दिन नखोज्ने, लोकतान्त्रिक प्रकृयामा जान नदिने, सरकारलाई काम गर्न नदिने चौतर्फी प्रयासहरु भइरहेको छ, । यति हुँदाहुदै पनि सरकार जनताको अपेक्षा अनुसार देश विकासमा दृढ संकल्पित भएर लागेको उनको भनाई छ ।