Swornakshar Logo

पूर्वप्रधानमन्त्री खनाललाई अक्सिजन सपोर्टमा राखेर उपचार जारी, वार्डमा भर्ना

काठमाडौं । केहि दिनदेखि ज्वरो निरन्तर आएछि नर्भिक अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । सोमबार बिहान आकस्मिकमा कक्ष भर्ना भएका खनाललाई वार्डमा सारिएको छ ।

खनालको अवस्था हाल सामान्य रहेको र उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ ।

खनालको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।