Swornakshar Logo

पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी, अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

पूर्व प्रधानमन्त्री खनाललाई आज नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले सामाजिक संजालबाट जानकारी दिएको छ।

खनाललाई यसअघि कोरोना भएर अस्पताल भर्ना भएका थिए । कोरोनामुक्त भएपछि घरमै आराम गरिरहेका थिए। एक्कासी पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरीएको सचिवालयले जनाएको छ ।