Swornakshar Logo

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रमुखबाट आह्वान

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकारको मुख्यमन्त्रीकालागि आधार सहित दाबी पेश गर्न आह्वान गरेकी छन् । उनले आज २४ घण्टाको समय दिएर मुख्यमन्त्री दाबीकालागि २९ गते दिउँसो ३ बजेसम्मकोलागि समय दिएर प्रदेश सभाका सदस्यहरुलाई आह्वान गरेकी छन् ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका थिए । तर उनले विश्वासको मत पाउन सकेनन् । ५९ जना प्रदेश सभा सदस्यमा उनको पक्षमा २७ मत परेको थियो । प्रतिपक्षमा ३० मत परेको थियो । एक जना उपस्थित भएनन भने ,एक जना तठस्थ बसेका थिए ।