एमाले ओली पक्षीय स्थायी कमिटी बैठक भोली बिहानलाई सर्यो ,१२ नेतामाथि कारवाहि गर्ने संभावना

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक भोली बिहान १० बजेलाई सरेको छ । आज साँझ ५ बजे बस्ने भनिएको बैठक भोली बिहान १० बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्ष स्थयी कमिटी बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएका हुन् कार्यलय सचिव शेरबहादुर तामाङले बताए ।
ओली पक्ष एमालेको अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेका सांसदहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् ।
तर अहिलेसम्म उनीहरू कसैले स्पष्टीकरणको जवाफ दिएका छैनन् । ओली पक्षले यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ । अब थप १२ जना नेताहरुलाई ओली पक्षले कारवाही अघि बढाउने सम्भावना रहेकोछ । अहिले ओली पक्षले केन्द्र देखि प्रदेशसम्म माधवकुमार नेपाल पक्षलाई काारवाहि गर्ने अभियान नै चलाएको छ ।
प्रतिक्रिया दिनुहोस्: