सरकारले कोरोनाविरुद्धको खोप सबैलाई उपलब्ध गराउँछः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितताका लागि सरकार लागि परेको बताएका छन। सबैलाई खोपको सुनिश्चितता गरिने उनले बताए ।
सरकारले कोभिड नियन्त्रण तथा रोकथामा लागि कोभिड संकट व्यवस्थापन ल्याइएको ओलीले बताए । अध्यादेश जारी भएसँगै सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा परिचालन गर्ने बाटो खुलेको उनको भनाइ छ ।
एकीकृत र समन्वयात्मक ढंगले संक्रमण रोकथाम र निन्त्रणमा सम्पूर्ण शक्ति परिचालन गराउने अध्यादेश सहयोगी छ उनले भने । सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा केन्द्रित रहेको ओलीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्: