Swornakshar Logo

एमाले विवादः खनाल नेपाल लगायत ११ जनालाई पार्टी सदस्यबाटै निष्काशन

काठमाडौं । नेकपा एमालेले केपी ओली पक्षले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेको छ ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले खनाल नेपाल सहितका ११ जनालाई पार्टीबाट निष्काशन गरेको हो । शनिबार बसेको स्थायी कमिटी बैठकले २६ जना सांसद मध्ये ११ जना सांसदलाई स्पष्टिकरण सोधेको थियो । उनीहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काशन गरेको एमालेले बताएको छ ।

एमालेले ११ जना नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ ।

स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।