Swornakshar Logo

काँग्रेस प्रचण्ड पथ मानेर कुदीरहेको छःओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाकोलागि कुदीरहेको आरोप लगाएका छन् । आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध आक्रोस पोखेका छन्।

उनले भने ‘नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जाको पथमा गएको छ। उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो, तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’’

आफूलाई प्रधानमन्त्री दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप ओलीले लगाएका छन्।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याएको आरोप लगाए ।

दलहरूमा विग्रह ल्याएर लोकतन्त्र बलियो नहुने उनले जिकिर गरे ।

देउवा अरु पार्टी फुटाएर आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको आरोप लगाए । उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गर्न खोजेको र नसकेपछि अहिले बाटोमा आएको बताए ।