Swornakshar Logo

प्रचण्ड देउवालाई माधव नेपाल समूहका २७ सांसदको साथ

काठमाडौं । गठबन्धनको सरकार बनाउन प्रचण्ड र देउवालाई माधवकुमार नेपालले साथ दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै सरकारको दाबी गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता शीतलनिवास पुगेका छन् ।

प्रचण्ड र देउवा कांग्रेस, माओवादी केन्द्र, जसपा र माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष पुगेका छन् । माधव नेपाल समूहका २७ सांसदले साथ दिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । त्यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधवकुमार नेपाललगायतका नेताहरु थिए ।