Swornakshar Logo

कोरोना नियन्त्रणका लागि तीन तहका सरकारसंग मिलेर काम गछौंः मन्त्री बस्नेत

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना नियन्त्रण तथा रोकथामका लागि तीन तहका सरकारसंग मिलेर काम गर्ने बताएकी छन् । मन्त्रालयमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै बस्नेतले पहिलो कुरा बाच्ने र बचाउने भएकाले यसका लागि कुनै कसर नछोड्ने बताइन ।

कोरोनाका कारण विश्व र नेपाल तहस नहस अवस्थामा पुगेको जिकिर गरीन । सामाजिक विकास मन्त्रालय एक्लैले काम गर्ने भन्दा पनि सबै मिलेर कोरोना नियन्त्रणका क्षेत्रमा काम गरिने उनले बताइन । कोरोनाको महामारीसंगै बालबालिकाको शिक्षामा असर गरेकाले यसका लागि के गर्न सकिन्छ त्यही काम गर्ने बताइन ।