Swornakshar Logo

मकवानपुरका बैक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने

हेटौंडा । मकवानपुरमा रहेका बैंक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने भएका छन् । कोरोना भाइरस सक्रमण बढ्न थालेपछि आलो पालो गरेर हप्तामा तीन दिन मात्र बैंक खोल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । मकवानपुरको कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

बिहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्र बैक तथा बित्तिय संस्थाहरु खुल्नेछन् । यसैगरी सम्पुर्ण शैलुन,ब्यटिपार्लर र मदिरा व्यवसाय बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरीएका छन् । कोरोनाको जोखिम बढेसंगै मकवानपुर उद्योग वाणिज्य संघले सहजीकरण गर्नेगरि शैलुन,ब्यटिपार्लर र मदिरा व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

साथै धेरै भिड हुने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेकका अन्य सबै सेवा बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले सुचना निकालेको छ ।