Swornakshar Logo

कोरोना भाइरस बढेपछि मकवानपुरमा के के खुल्छ के के खुल्दैन(पूर्ण पाठ)

हेटौंडा । कारोना भाइरसले दोस्रा लहर महामारीको रुप लिएपछि मकवानपुर जिल्लामा पनि कोभिड–१९ संकट व्यावस्थापन केन्द्रको बैठकले स्थानिय तहबाट सेवा दिने दिनहरु छ्ट्याएको छ ।

हेटौंडामा तरकारी तथा मासु बिक्रिवितरण गर्नका लागि पनि समय छुट्याइएको छ । हेटौंडा–४ मा रहेको ख्पागल्ली र हेटौंडा –१० बसपार्क रहेको तरकारी मन्डी तथा हेटौंडाका माछामासु पसल बिहान ४ बजेबाट ८ बजेसम्म मात्र खुलाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिने, प्रतिलिपी निकाल्ने र राहदानी लिन आउने जिल्लाको १० वटै स्थानीय तहलाई निश्चित दिन तोकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।