Swornakshar Logo

बागमति प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजकलाई दोस्रो पटक कोरोना संक्रमण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहाललाई कोरोना संक्रमण भएको छ ।
दाहाललाई आइतबार साँझ संक्रमण पुष्टि भएको हो । उनको स्वाब परिक्षण हेटौडा अस्पतालमा भएको थियो ।

उनलाई यो दोस्रो पटक सक्रमण भएको हो ।

‘मलाई दोस्रो पटक पनि कोरोना देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार स्वाब परीक्षण गराएको थिएँ । साँझ रिपोर्ट संक्रमण भएको आयो,’ दहालले भने । उनले टाउको दुख्ने,शरीर दुख्ने समस्या देखिएपछि परिक्षण गराएको बताए ।

हाल उनी स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा घरमै आइसोलेट भएर बसेका छन् । संक्रमित दाहालले कोरोनाविरुद्धको खोप पनि नलगाएको बताएका छन् । मुख्यमन्त्री पौडेलसँग दाहालले १५ दिनदेखि भेटघाट नभएको बताए ।