Swornakshar Logo

एमालेका कर्णाली प्रदेश सभाका चार जना फ्लोर क्रस गरेका सांसद पदमुक्त

काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश सभामा चार जना फ्लोर क्रस गर्ने सांसदहरुको पद रिक्त भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन फ्लोर क्रस गरेर मतदान गरका थिए ।

शाहीको पक्षमा मतदान गरेपछि उनीहरूलाई एमालेले सांसदबाट निष्कासन गरेको थियो । ज्वालाले एमालेको संसदीय दलको निर्देशन मान्दै मन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रदेशसभाको जारी बैठकमा सभामुख राजबहादुर शाहीले दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन । पद गुमाउनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । अहिले थापा,शाही र बुढा मन्त्री बनेका छद्धन् ।

४० सदस्यीय प्रदेशसभामा अब ३५ सदस्यमात्रै बाँकी रहेका छन् । नेकपा माओवादीबाट निर्वाचित दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘क’बाट निर्वाचित सांसद धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ । चार जना एमालेका सांसदको पद आजबाट रिक्त भएको छ ।