Swornakshar Logo

एमालेले खनाल–नेपाल पक्षका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई तत्काल कारबाही नहुने भएको छ । खनाल–नेपाल पक्षले एमालेमा समानान्तर गतिविधि गर्दै आएका छन् । । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उनी पक्षीय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गर्नेबारे छलफल भएको तर तत्काल कारबाही नगर्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए ।

आजको बैठकमा खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको निष्कर्ष निकालेको र आउदा दिनहरुमा उनीहरुले गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने ज्ञवालीले बताए । उनले भने ‘उहाँहरको बारेमा स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने छ ।’

शुक्रबार बसेको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरीसकेको छ । बैठकले खनाल र नेपाल पक्षबीना नै पार्टीको स्थायी समिति गठन गरेको थियो। ओली पक्षका २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ ।

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो ।