Swornakshar Logo

प्रधानमन्त्री ओली ०४६ सालको संविधान ब्युताउन चाहन्छन्ः कुमारी मोक्तान

हेटौडा । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा वागमति प्रदेश सभासदस्य कुमारी मुक्तानले प्रधानमन्त्री केपी शर्मा ओलीले ०४६ सालको संविधान ब्युताउन चाहेको आरोप लगाइन । माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को हेटौडा उपमहानगरपालिकाको पाँचौ भेलालाई सम्बोधन गदै उक्त आरोप लगाएकी हुन ।

उनले भनिन् ‘ ओलीले ०४६ सालको संविधान ब्युताउन चाहन्छन् , तर हामी ०४६ सालको संविधान ब्युताउने कुरा र राजा फर्काउनेकुरा कल्पना गर्न सक्दैनौ । अहिलेको लडार्इ पदको होइन विचारको हो । तर ओलीले पदको लडाई भएको भन्दै भ्रम फैलाइ रहेका छन् । लडाई परिवर्तनको रक्षा गर्ने र परिवर्तनको हत्या गर्नेबीचको हो ।’

आज अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौडा उपमहानगरपालिकाको पाँचौ भेला सम्पन्न भएकोछ । नमुना पाण्डेको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष अन्जु थिङ , सचिव चमेली सिजाल , कोषाध्यक्ष अम्बिका देउला सहित ४५ सदस्सीय नयाँ नगर कमिटी चयन गरेको छ । कार्यक्रका अन्य अतिथिमा श्रद्वा लामा , लक्ष्मि माझी , लक्ष्मी पाख्रीन, तिर्थ थापा लगायत रहेका नेताहरु थिए ।