Swornakshar Logo

साथिहरुले राजनिति अपराध गरेः यामलाल कंडेल

काठमाडौं । कर्णाली प्रदेशका एमालेका सांसदहरुले फ्लोर क्रस गरेका छन् । कार्णलीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा चार जना एमालेका सांसदहरुले मत हालेपछि संसदीय दलका नेता यामलाल कडेलले राजधानीति अपराध गरेको प्रतिक्रिया दिएका छन् । उनले यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको बताए । ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौँ’, उनले प्रतिक्रिया दिए ।
फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमालेको बैठक बसेको हो ।

एमालेका चार सांसदहरुले‘ फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् ।​ सांसद देवि ओलीले भने शाहीको पक्षमा मतदान गरे पनि आफ्नो मत सच्याएकी थिइन् । उनलाई पनि कारवाही गर्ने तयारी गरिएको छ ।

एमाले सांसदहरुले फ्लोर क्रस गर्दा शाही सरकार जोगिएको छ भने कँडेलको भावी मुख्यमन्त्री बन्ने सपना चकनाचुर बनेको छ ।