Swornakshar Logo

हेटौंडामा करेन्ट लागेर पाख्रिन दम्पतिको मृत्यु

हेटौंडा । हेटौडा उपमहानगर पालिकाका ९ मा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकका ३५ बर्षीय समिर पाख्रिन र उहाँको श्रीमती ३० बर्षीय अन्सु पाख्रिनलाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले बताए ।

उनीहरुले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन् पुगी करेन्ट लागेको हो । दुवैजनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको राठोरले बताए । करेन्ट लागेपछी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याएपछी डाक्टरले मृत घोषणा गरेका थिए ।