Swornakshar Logo

पत्रकार महासंघ मकवानपुरको नयाँ कार्यसमितिले ग¥यो पदभारग्रहण

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित पदाधिकारी लागयत सम्पूर्ण सदस्यहरुले शपथ ग्रहण गरेको छ । आजै शपथ ग्रहणपछि पदभार पनि सम्महालेको छ ।

निर्वाचन समितिका संयोजक धुर्बप्रसाद चौलागाइंको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित समितिलाई सपथग्रहण समेत गराइएको छ ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले निवर्तमान कार्य समितिको एजेन्डालाई अवलम्बन गर्दै काम गर्ने प्रतिबद्धता जनाएको छ । उनले आफु सधै श्रमजीवी पत्रकार र पत्रकारिताको शिर उच्च पर्ने काममा लाग्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष हरि हुमागाईले मकवानपुरका पत्रकारका लागि धेरै महत्वपूर्ण र राम्रा काम गरिएको बताए आगामी दिनमा पनि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष गौतम सहित २५ गते भएको निर्वाचनमा विजयी बनेका कार्यसमितिका पदाधिकारी, केन्द्रीय र प्रदेश परिषद सदस्यले सपथ लिएका छन् । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश अध्यक्ष शिब देवकोटा, प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।