Swornakshar Logo

एमालेले गर्यो संसदी समितिमा नाम हेरफेर, ७० करोड घुसकाण्डका आरोपित बाँस्कोटा लेखा समितिमा

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केपी ओली पक्षले संसदीय समितिमा हेरफेर गरेको छ । पार्टी भित्र विवाद बढेसंगै एमालेको ओली पक्षले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षसंग छलफल नै नगरी एकलौटी रुपमा ओलीेले आफू निकट सांसदहरुलाई संसदीय समिति पठाएको छ ।

एमालेको ओली पक्षले सभामुखलाई लेखेको पत्रमा भनेको छ सर्वोच्चको फागुन २३ को फैसलाले एमालेलाई छुट्टै दलको रुमिा अस्तित्वमा ल्याइसकेपछि हाम्रो पार्टी एमालेको संसदमा भएको प्रतिनिधित्वको अनुपातमा हरेक समितिमा प्रतिनिधित्व सुनिश्चिता हुने गरी तपशिलाका सदस्यहरुलाई निम्नानुसार समितिहरुमा राखी मिति २०७७ चैत २६ गते हुने प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिदिनुहुन आग्रह गरेको छ । तर सभामुखले भने अहिलेसम्म प्रतिनिधिको बैठकमा जानकारी गराएको छैन ।

ओलीले ७० करोडको घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटालाई लेखा समितिमा पठाएको छ । प्रिन्टीङ प्रेस खरिद प्रक्रियामा ७० करोड घुसको मोलमोलाई गरेको अडियो सार्वजनिक भएको थियो । त्यो समयमा बाँस्कोटा सूचना तथा सञ्चार प्रविधि मन्त्री थिए । उनलाई ओलीले टेप प्रकरण सार्वजनिक भएपछि मन्त्रीबाट हटाएको थियो । तर अहिले भने लेखा समितिमा पठाएको छ । जब कि अहिलेपनि उक्त टेप प्रकरणको छानबिन हुनुपर्ने माग उठिरहेको छ । अझ उक्त प्रकरण अख्तियार अनुसन्धानले छानबीन गर्नु पर्ने माग उठिरहेको छ ।

बाँस्कोटालाई भने भ्रष्टाचारको कुरा उठेका विषयमा छानबिन र निगरानी गर्ने लेखा समितिमा पठाएको छ । लेखा समितिमा बाँस्कोटासंगै राजेन्द्र गौतमलाई पठाएको छ ।

६ महिनाकालागि पार्टीबाट निलम्बन गरेका सुरेन्द्र पाण्डे संसदीय सुनवाइ र अर्थ समितिमा थिए । अहिले अर्थ समितिमा आफ्ना आर्थिक सल्लाहकार मोतिलाल दुगडलाई पठाएको पत्रमा उल्लेख छ ।
महिला तथा सामाजिक समितिमा भरखर समानुपातिक कोटाबाट सासंद बनेकि जानकी देवी राम पठाएको छ ।

यस्तै, कृष्णभक्त पोखरेल , शेरबहादुर तामाङ, विशाल भट्टराई, लालबहादुर थापा र शान्तपा चौधरीलाई कार्यव्यवस्था समितिमा लगिएको छ भने महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीलाई राज्य व्यवस्था समितिमा लगिएको छ ।

संसदीय सुनवाइ समितिमा निरुदेवी पाल,खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राई रहेका छन् ।