Swornakshar Logo

गृहमन्त्रीसामू पूर्वलडाकुले गरे आत्महत्या प्रयास

५ मंसिर । काठमाडौ । पूर्वलडाकूले गृहमन्त्री वादलका अगाडि आत्महत्याको प्रयास गरेका छन् ।
पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न गृहमन्त्रालय गएका थिए ।
उनले गृहमन्त्रीलाई ५ लाख ऋण छ । म जनयुद्धको घाइते हो । दिने भए मलाई पैसा देउ होइन भने म यहि आत्महत्या गर्छु भनेर भनेको गृहमन्त्रालयका एक कर्मचारीले बताए ।

गृहमन्त्रीसंग कुराकानी गरीरहेको समयमा नै एक्कासी उनले खल्तीबाट विष निकालेर खान खोजेका मन्त्रालय स्रोतले बताए। तत्काल नै उनलाई रोकिएको थियो । उनको अहिले विर अस्पतालमा उपचार भइरहेको छ । उनले विष सेवन गरे कि गरेनन भन्ने भने अहिले खुलेको छैन ।