Swornakshar Logo

नेपाल–खनाल पक्षको काठमाडौँमा समानान्तर कमिटी घोषणा, अध्यक्षमा वसन्त मानन्धर

काठमाडौं । नेकपा एमालेमा झलनाथ खनाल –माधवकुमार नेपाल पक्षले काठमाडौँमा पार्टीको समानान्तर जिल्ला कमिटी घोषणा गरेका छन् ।

आइतबार काठमाडौँमा वसन्त मानन्धरको नेतृत्वमा समानान्तर समिति गठन गरेको हो। उनी बागमति प्रदेस सभाको सांसद र पार्टीको प्रदेश कमिटी सदस्य हुन ।

त्यस्तै समानान्तर कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठ रहेका छन्।

समानान्तर कमिटी घोषणा सभालाई नेपाल, खनाल, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गरेका छन् । यो पक्षले ४ र ५ गते ललितपुरमा राष्ट्रिय भेला गरेर देशभरी पार्टी र जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण अभियान घोषणा गरेको थियो।

खनाल –नेपाल पक्षले गण्डकी प्रदेशका सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ।