Swornakshar Logo

एमाले खनाल–नेपाल समूहद्वारा संगठन निर्माण र सुदृढीकरण अभियान घोषणा

काठमाडौँ । नेकपा एमालेभित्रको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ।
शनिबार काठमाडौंको कलंकीमा बसेको सो समूहको बैठकले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।

सुदृढीकरण अभियानमा प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड दिइने उनले बताए। बैठकले एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए । बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन काठमाडौंमा भव्य कार्यक्रम गर्ने तथा जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउने निर्णय बैठकले गरेको छ।

त्यस्तै बैठकले चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लैजाने निर्णय गरेको छ ।