Swornakshar Logo

ओली पार्टी फुटाउन उद्वत रहेकाे खनाल–नेपाल पक्षकाे निस्कष

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले अाेलि नै पार्टी फुटाउन उदत रहेकाे निस्कष जिकालेकाे छ । अाज बसेकाे स्थायी कमिटी बैठकबाट उक्त निस्कष निकालेकाे हाे ।

खनाल नेपमल पक्षले ४-५ गते भएकाे राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने भएको छ ।

आजको स्थायी कमिटी बैठकमा अवधारणापत्रमा आएका सुझावमाथि छलफल गरेर भोलि अन्तिम रुप दिएर कार्यकर्तामाझ पठाउने निर्णय गरेको नेता योगेश भट्टराईले बताए ।
त्यस्तै, बैठकले पार्टीको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउने उनले बताए । प्रशिक्षण, गोष्ठी भेलाको भोलि अन्तिम रूप दिने बताए ।

एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको अाराेप लगाएका छन् ।

बैठकले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको भन्दै भर्त्सना गरेकाे भट्टराईले जानकारी दिए । ।

उनले भने ‘यो कारबाहीले केपी ओली नेकपा एमालेलाई विभाजन गर्न उद्यत हुनुहुन्छ भन्ने कुराको पुष्टि भएको छ ।’
शनिबार ३ बजे बैठक बस्ने छ ।