Swornakshar Logo

चीनले दिएको कोरोनाविरुद्धको आठ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । चीन सरकारले अनुदानमा प्रदान गरेको कारोना भाइरस कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । चीन सरकारले आठ लाख डोज खोप नेपाल अनुदानमा दिएका हो ।

सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाजमार्फत खोप चीनबाट नेपाल ल्याएको हो । चीन सरकारले गत फागुन १७ मा नेपाललाई अनुदानस्वरूप आठ लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त खोप कसलाई दिने भन्ने यकिन भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

यसअघि भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।