Swornakshar Logo

एमाले विवाद उत्कर्षमाःमाधव पक्षको केन्द्रीय कमिटी बैठक ,ओली पक्षको संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भने संसदीय दलको बैठक बस्दै छ ।
खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक कलंकी स्थित मेघा पार्टी प्यालेसमा आज ११ बजे बस्दै छ । आजको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीलाई पार्टी विधान अनुसार पार्टीको बैठक बोलाउन आग्रह गर्ने देखिन्छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले २८ फागुनमा एकलौटी रुपमा बैठक बसेर माधव पक्षका नेताहरुको जिम्मेवारी खोस्ने देखि विधान नै संसोधन गरेर ७० बर्षे उमेर हद हटाएको छ । खनाल–नेपाल पक्ष भने ओली पक्षले २८ गतेको निर्णय फिर्ता हुनु पर्ने माग गदै आएका छन् । ओली पक्ष भने उक्त निर्णयबाट पछाडि हट्ने देखिदैन् ।
ओली पक्षले आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको छ । खनाल–नेपाल पक्ष भने आजको संसदीय दलको बैठकमा सहभागी नहुने बताए केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । एक पक्षले केन्द्रीय कमिटीको बैठक बोलाउछ भने अर्को पक्षले संसदीय दलको बैठक । दलको विधान संशोधन गरेर केपी ओलीले अधिकार आफैमा केन्द्रीत गरेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा लागेका समानुपातिक सांसदहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउन दलको बैठक आह्वान भएको बताइएको छ । नेपाल पक्षका समानुपातिक सांसदहरु कारवाहि गर्दा थपिने पनि नेपाल पक्षका भएकाले तीनीहरुलाई पनि अनुशासनको कारवाहि गर्ने तयारी ओली पक्षले गरेको नेपाल पक्षका एक केन्द्रीय सदस्यले बताए ।