Swornakshar Logo

ओलीको हिम्मत भए कारवाही गरे हुन्छः नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीलाइ हिक्मत भए कारवाही गरेर देखाउन चुनौति दिएका छन् । मंगलबार राजधानीमा अनेरास्ववियुले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन ।

उनले भने ‘ओलीमा हिक्मत भए कारवाहि गरे भइहाल्यो ,भोग्न तयार छौ । नेकपा एमाले केपी ओलीको होइन । हामीहरुले दुस्ख कस्ट गरेर बनाएको हो । त्यसकारण एमाले हाम्रो हो ।’

ओलीले पहिलेदेखि नै पार्टीमा मनपरी गर्दै आएको भन्दै उनको मनोमानीबारे पार्टीभित्रका सबैलाई जानकारी भइसकेको उल्लेख गरे । पाटीमा सँगै रहँदा पहिलेदेखि नै प्रधानमन्त्री ओलीले मनपर्दी गर्दै आएको र आफूहरुले सम्झाउँदा पनि नमानेको कुरा स्मरण गरे । उनले केपी ओलीका कारण पार्टीमा गलत प्रवृत्ति फस्टाउँदै गएको भन्दै पछिल्लो समय ओली प्रवृत्तिका विरुद्ध आफूहरु एक जुट भएको बताए ।

उनले भने, ‘ओलीले पार्टीमा मनपर्दी गर्न छोडेनन्, गलत कुरा औलाउँन बैठक डाक्यो उहाँ नआउने, एक्लै निर्णय गर्ने, जे मन लाग्यो त्यही गर्ने ।’ नेता नेपालले ओलीले पार्टी आफ्ना मान्छेलाई एकलौटी मनोनित गर्दै राखेको भन्दै उनका कारण पार्टीमा विचारहिन मान्छेहरुको जमात बढ्दै गएको उल्लेख गरे । पार्टी समाजवादी चिन्तन छोेडेर पुँजीवादतिर लागेकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले नेकपा एमाले भनेको जनताले माया गरेको पार्टी भएको भन्दै यो समाजवादतिर उन्मुख हुनुपर्ने, निरंकुशतावादी बन्न नहुने र धेरै भन्दा धेरैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । केपी ओलीले उनको पक्षमा नआएका कारण आफूहरुलाई स्पष्टीकरण सोधेको भन्दै अहिले पार्टी विभाजनको पक्षमा प्रधानमन्त्री ओली भएको बताए । उनले भने, ‘हामीलाई पार्टी विभाजन गर्दैछ भनेर ओलीले आरोप लगाए, तर वास्तवमा पार्टी विभाजनको पक्षमा प्रधानमन्त्री ओली छन् । हामी त मिलाएर अघि बढ्न चाहान्छौं ।’ जनताको जनभावनाको कदर गर्दै अगाडी बढ्नुपर्ने उनले धारणा राखे ।