Swornakshar Logo

 जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिभएको बैठक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको जसपा नेता केशव झाले जानकारी दिए ।

उनले पार्टीका शिर्ष नेताहरुबीच छलफल जारी रहेको बताए । मुलुकलाई निकास दिनका लागि जसपाले उचित समयमा उचित भूमिका खेल्ने उनले बताए । सत्ता गठबन्धका बारेमा छलफल गर्न बोलाइएको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

जसपाले सरकारबारे ठोस निर्णय गरे नयाँ सत्तासमिकरणको ढोका खुल्ने बताइएको छ । सरकारका बारेमा जसपाले स्पष्ट धारणा बनाउन नसक्दा नयाँ सरकार गठनमा अलमल भइरहेको छ ।