Swornakshar Logo

काेराेना खाेप दोस्रो चरण: बागमति प्रदेशमा लाख ४० हजारले लगाए

हेटौंडा । बागमती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सख्या दुइ लाख ४० हजार ६ सय १ जना पुगेको छ । सरकारले ६५ वर्ष भन्दा माथी उमेरका पुरुष र महिलालाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेपछी दुइ लाख ४० हजार जना भन्दा धेरैले यो खोप लगाएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले वताउनुभयो ।

प्रदेशमा लक्ष गरे अनुसार ४३ दशमलब ३० प्रतिशले खोप लगाइसकेको उहाँले वताउनुभयो । यस प्रदेशमा ४ लाख ५७ हजार ७ सय ६६ जनालाई यो दोस्रो चरणमा खोप लगाउने लक्ष सरकारले राखेको छ । यस मध्यमा आधा भन्दा केही कम खोप लगाइएसकिएको हो ।
मकवानपुरका दश वटा स्थानीय तहमा कोरोना भाइरस विरुद्धको खोप लगाउन त्यती उत्साह देखिएको छैन ।

बागमती प्रदेशभरीमा ५६ दशमलब २२ प्रतिशतले खोप लगाइ सक्दा मकवानपुरका स्थानीय तहमा भने दोस्रो चरणमा ४० दशमलब ६४ प्रतिशतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । यस जिल्लामा ६१ हजार १६ जनालाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष राखिएपनि खोप लगाउनेहरु भने १२ हजार ६ सय ८५ जना मात्रले अहिले सम्म लगाएका छन् ।