Swornakshar Logo

शितल निवासको सर्वदलीय बैठक: प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने प्रस्तावमाथि राष्ट्रपतिको सहमति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई सर्वदलीय बैठक बोलाइन ।

आज मंगलबार अपराह्न ४ बजे राष्ट्रपति कार्यलय शीतल निवासमा सर्वदलिय बैठक बसेको थियो । बैठको आह्वान गरेपछि राष्ट्रपतिको सामाजिक सञ्जालमा चर्को आलोचना भयो । यहि सर्वदलिय बैठक ५ पुसमा बोलाएको भए देशको अवस्था यस्तो अस्थिर हुने थिएन । प्रतिनिधि सभा पनि विघटन हुने थिएन ।

सहभागी एक नेताका अनुसा आफ्नो भनाइ सक्दै राष्ट्रपतिले पनि ताजा जनादेशमा जानु लोकतन्त्रको सुन्दर पक्ष भएको जिकिर गरीन । जब कि ५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन । जब कि ११ फागुनमा सर्वोच्च अदालतले उक्त निर्णय उल्टाएको थियो । तर आज पुन: आफैले बोलाएको सर्वदलिए बैठकमा उनले चुनावमा जानु राम्रो हुने जिकिर गरेको सहभागी एक नेताले बताए ।

तर आज जब केपी शर्मा ओलीको सरकार संकटमा पर्न थाल्यो त्यसपछि सर्वदलिय बैठक बोलाएको भनेर ।
मंगलबार शितल निवासमा बसेको सर्वदलीय बैठकमा कोहि राजनीति दल उपस्थित भए भने कोहि नेताहरु अझ विशेष गरेर पूर्व प्रधानमन्त्री ३ जना उपस्थित भएनन् । जसमा दुई जना प्रधानमन्त्री नेकपा एमालेका नै उपस्थित भएनन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्राइपनि उपस्थित भएनन् ।

निर्धारित समय भन्दा आधा घण्टा ढीला सुरु भएको सर्वदलीय बैठक करिब एक घण्टा चल्यो । सर्वदलीय बैठक बोलाउनुको उद्देश्यबारे सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रष्ट पारीन ।

सर्वदलीय बैठक पहिला नै बस्नु पथ्र्यो बस्न सकेन । यसमा कोरोना भाइरको कारण पनि रह्यो । अहिले आफू बंगलादेशको भ्रमणमा जान लागेकोले त्यसैबारे जानकारी गराउने र चियापान गर्ने उद्देश्यले बैठक बोलाएको भन्दै राष्ट्रपतिले बैठकमा जानकारी दिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।

आजको बैठकमा राष्ट्रपतिले शिक्षा, स्वास्थ्य, वातावरणको अवस्थाका बारेमा ध्यानाकर्षण गराएकी गुरुङले बताए ।

राष्ट्रपतिले आफू बंगलादेश भ्रमणमा जान लागेको जानकारी गराएपछि दलका नेताहरूले भ्रमण सफलताको शुभकामना दिए।

राष्ट्रपतिले छलफलका क्रममा दलहरुबीच छलफल र सल्लाह होस् भन्ने नै धारणा राखेको सहभागी एक जना नेताले बताए । ती सहभागीले राष्ट्रपतिको भनाइ उधृत गर्दै भने ‘ दलहरुबीच सहमति हुन्छ कि हुँदैन, दल विभाजित भयो भन्ने सुनेको छु। मिलेर जानुपर्छ ।’

राष्ट्रपतिले आफ्नो भनाइ राखि सकेपछि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बोले । पहिला शान्त रहेको बैठक ओलीले राजनीतिक विषयमा प्रवेश गरे। ओली बोल्दै गएपछि दलका नेताहरू उनको प्रतिवाद गर्ने अवस्था आएको सहभागी एक नेताले बताए ।

ओलीको भनाइ उदृत गदै एक सहभागी नेताले भने ‘प्रतिनिधि सभा चल्दनै । पुन: प्रतिनिधि सभा भंग गरेर चुनावमा जाउँ । पहिले पनि मैले भनेकै हो सर्वोच्च अदालतले रोकिदियो ।’

ओलीको उक्त भनाईपछि सर्वदलीय बैठकमा सहभागी नेताहरु आक्रोशित बनेका नेता गुरुङले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले राजनीतिक विषय ल्याउनु गलत भएको बताएका थिए । प्रचण्डको भनाई भन्दै गुरुङले भने ‘ प्रचण्डले संविधान, कानुनभन्दा बाहिर गएर कुरा र बहस गर्ने विषय होइन। सम्बन्धित ठाउँमा गरौंला ।’

अदालतको फैसला विरुद्ध चुनावमा जाउ भनेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित बनेका थिए।

सहमतिमा संविधान बनाएको हो । तपाईं लोकतन्त्र सिध्याउन खोज्ने भन्दै वरिष्ठ नेता पौडेलले बैठकमा आक्रोस व्यक्त गरेका सहभागी एक नेताले बताए ।

जसपाका नेता उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलेले पनि प्रधानमन्त्रीको भनाइप्रति गम्भीर आपत्ति जनाएका थिए।

‘तपाईंलाई चित्त बुझेन भनेर संसद् भंग गर्छु भन्ने अनि अहिलेसम्मका उपलब्धि खतरामा पार्ने सिध्याउन खोज्ने’ भन्दै केसीले कडा प्रतिवाद गरे।

राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सर्वोच्चको आदेशलाई पालना गरेर जानुको विकल्प नरहेको बताएका थिए ।