Swornakshar Logo

नेपाल–खनाल पक्षको निष्कर्ष: ओलीले निर्णय विरुद्ध डटेर लड्ने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने दुराशयबाट एक लौटी रुपमा निर्णय गरेको निष्कर्ष निकालेको छ ।

ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताको पद खोसेपछि बसेको स्थायी कमिटी बैठकपछि बोल्दै नेता भीम रावलले गुटगत र स्वेच्छारी ढंगले पार्टीको विधान मिचेर निर्लज्जता प्रस्तुत गरिएको टिप्पणी गरे ।

पार्टीको विधानविपरीत गरेको निर्णयको विरोध गर्न पार्टी नेता कार्यकर्तालाई आह्वान गर्ने निर्णय भएको नेता रघुजी पन्तले बताए ।

पार्टीको विधान विपरित एकतर्फी रुपमा गरिएको निर्णयको प्रतिवाद गर्ने बैठकको निर्णय रहेको पन्तले बताए। उनले भने, ‘यो फेरबदल हामीलाई स्वीकार्य छैन। केपी ओलीको एकतर्फी निर्णय मान्न सकिन्नँ । विधान र कानुन विपरित केपी ओलीले गरेको एकतर्फी निर्णय मान्ने कुरै छैन।’